रोल्पामा कला उत्सव

- साप्ताहिक संवाददाता

असार १९, २०७५

रोल्पामा कला उत्सव हुने भएको छ । सुनछहरी साहित्य तथा कला समाजको आयोजनामा महोत्सव हुन लागेको हो ।

कला साहित्य समाजका अध्यक्ष महेश मानवका अनुसार कला उत्सवमा राष्ट्रिय स्तरका कवि, लेखक, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहने छ । महोत्सवमा ‘रोल्पादेखी रोल्पा सम्म’, ‘आजका नेपाली कविता’ माशिर्षकमा बहस हुने छ भने ‘हाम्रा कविता रोल्पा बिशेष’ र ‘कविता कोलाज’मा रोल्पाका र राजधानीका कविता सुनिनेछन् । 

असार २३ गते शनिबार हुने उत्सवमा सुनछहरी गाउँपालिकाको पहिचानलाई कला साहित्य मार्फत प्रचार प्रसार गरी सुनछहरी भित्र रहेका विभिन्न प्राकृतिक साँस्कृतिक तथा युद्ध पर्यटनको सम्भावनालाई राष्ट्रव्यापी रुपमा चिनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको कबि तथा साहित्यकार दीप दर्पनले जानकारी दिए ।

सुनछहरी गाउँपालिका रोल्पा जिल्लाकै विकट गाउँपालिका हो । यहा पर्यटकीय सम्भावना बोकेका सुनछहरी झरणा, जलजला,  विवाङ दह(ताल) , तीन कुठी भिर, तिलाचन लगायत प्राकृतिक सम्पदाहरु रहेका छन् । 

 

प्रकाशित :असार १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्