राजकुमार बगरको झोर्ले

- साप्ताहिक संवाददाता

असार १९, २०७५

 

गीतकार राजकुमार बगरको मगर भाषाको गीत सार्वजनिक भएको छ । नेपाली आधुनीक गीतमा राम्रो पहिचान बनाएका बगरले लेखेको यो गीतमा तिलक सोमै मगरले आवाज भरेका छन् । उक्त गीतमा राजकुमार बगर आफैंले संगीत भरेका छन् । 

गीतको म्यूजिक भिडियो भने हङकङमा छायांकन गरिएको छ  । झोर्ले बोलको सार्वजनिक गीतमा कमल सोरुङले संगीत संयोजन गरेका छन् । 

सुवास गुरुङ्ले निर्देशन गरेको म्यूजिक भिडियोमा गायक स्वयमले अभिनय गरेका छन् । सोनिया घिसिङ्, नोया थापा तथा आकांक्षा प्रधानले गायकलाई अभिनयमा साथ दिएका छन् । युवि चाम्सले उक्त म्यूजिक भिडियोलाई सम्पादन गरेका हुन् ।

झोर्लेको मयूजिक भिडियो :

 

प्रकाशित :असार १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्