प्रतापको एउटा गीत

- साप्ताहिक संवाददाता

असार १८, २०७५

नेपाल आईडलबाट उदाएका गायक प्रताप दास नयाँ गीत सहित बजारमा आएका छन् । सार्वजनिक गीतमा हरि पराजुलीको शब्द तथा सरोज पाख्रेलको संगीत समावेश गरिएको छ । ‘लेखें एउटा गीत’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ ।

आमोङ तामाङको संगीत संयोजन तथा साजन शाहको मिक्सिङ गीतको भिडियो भने केदार धितालले निर्देशन गरेका हुन् । भिडियोमा प्रेम जोडीका रुपमा श्रेया कार्की र कमल सिंहले अभिनय गरेका छन् । यो जोडीको बाल्यकालको दृष्यमा भने बिराज ढकाल र आस्मा परियार देखिएका छन् । 

बुद्ध थापाले छायांकन गरेको म्यूजिक भिडियोलाई निशान घिमिरेले समपादन गरेका छन् । 

लेखें एउटा गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :असार १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्