केकीलाई असार १५

- साप्ताहिक संवाददाता

असार १५, २०७५

अभिनेत्री केकी अधिकारी समय एवं मौसमअनुसार चल्न सिपालु छिन् । विश्वकप प्रारम्भ हुनै लाग्दा अर्जेन्टिनाको जर्सी लगाएर फोटो सेसन गर्न पछि नपर्ने केकी पछिल्लो समय म्युजिकल्लीमा समेत सक्रिय हुन थालेकी छिन् । 

यसबीच केकीले कृषकहरूका लागि विशेष महत्व राख्ने ‘असार १५’ को थिममा अभिनय गर्ने रहर समेत पूरा गरेकी छिन् । 

चलचित्र कोहलपुर एक्सप्रेस निर्देशन गरिसकेका विशाल भण्डारीले यसपटक केकीलाई असार १५ को छेको पारेर हिलोमा चोपलेका छन् । हरियो/पहेंलो रंगको गुन्हुचोली र फरियामा केकी सुन्दर पनि देखिएकी छिन् । 

गोकर्ण नजिककैको उत्तर बाहिनी मन्दिर छेउमा छायांकन गरिएको गायक मोहन केसीको ‘सिरैको सिरबन्दी’ गीतको म्युजिक भिडियोका लागि केकीले असार १५ मनाउँदै हिलाम्ये खेतमा रोपाइँ गरेकी हुन् । भिडियोमा केकीलाई अभिनेता जीवन भट्टराईले साथ दिएका छन् । उक्त भिडियो यही साता सार्वजनिक हुँदैछ । 

 

प्रकाशित :असार १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्