६२ प्रतिशतले टिभीमा हेर्छन् विश्वकप

- साप्ताहिक संवाददाता

असार १५, २०७५

विश्वकप फुटबल हेर्न अहिले पनि धेरैले टिभी नै प्रयोग गर्छन् । स्टाटिस्टाको रिपोर्टअनुसार स्मार्टफोन तथा भिडियो स्ट्रिमिङ सुविधा उपलब्ध भए पनि अहिले पनि ६२ प्रतिशतले टिभीमै विश्वकप हेरिरहेका छन् । 

विश्वका २५ प्रतिशत व्यक्तिले इन्टरनेट प्रयोग गरी विश्वकप हेर्छन् भने अहिले पनि ६ प्रतिशतले रेडियोमा कमेन्ट्री सुनेर चित्त बुझाइरहेका छन् । मोबाइलमा १३ प्रतिशत तथा ट्याब्लेटमा ८ प्रतिशतले विश्वकप हेर्छन् । 

यो अनलाइन सर्वेक्षणमा विश्वका २७ देशका १२ हजार २ सय ७ व्यक्ति सम्मिलित थिए । सन् २०१४ को विश्वकप ३ अर्ब २० करोड व्यक्तिले टिभीमा हेरेका थिए । 

प्रकाशित :असार १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्