Teej banner

लन्डन टु काठमाडौं

- साप्ताहिक संवाददाता

असार १५, २०७५

आशुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चौथो चलचित्र ‘मेरी मामु’ को मुख्य भूमिकामा कुसुम गुरुङ अनुबन्धित भएकी छिन् । लन्डन निवासी कुसुमले मेरी मामुमार्फत नै नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन । 

उक्त चलचित्रका लागि नै कुसुमले काठमाडौंको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीनमहिने प्रशिक्षण लिएकी थिइन् । सुनिल पोखरेल निर्देशित नाटक हरियो ढुंगामा अभिनयसमेत गरेकी गुरुङ अब नेपाली चलचित्रमा निरन्तर काम गर्ने सोचअनुसार नेपाल आएको बताउँछिन् । 

परिवारसँगै लण्डनमा बस्दै आएकी गुरुङले लेखा तथा वित्तीय विषयमा स्नातक गरेकी छिन् । बालमनोविज्ञानमा आधारित चलचित्र मेरी मामुमा निर्माता सन्तोष सेनका ६ वर्षीय छोरा आयुव सेन मुख्य भूमिकामा छन् भने अर्का ६ वर्षीय बालकलाकार क्रिजन गौतम विशेष भूमिकामा रहने छन् । यो चलचित्र हाल छायाँकनमा गएको छ । सन्तोष सेनको निर्माणमा चलचित्र बन्न लागेको हो ।

प्रकाशित :असार १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्