Teej banner

मनीषा कोइराला स्टार सञ्जु प्रदर्शनमा

- साप्ताहिक संवाददाता

असार १५, २०७५

निर्देशक : राजकुमार हिरानी कलाकार : रणवीर कपुर, अनुष्का शर्मा, सोनम कपुर, परेश रावल, मनीषा कोइराला, दिया मिर्जा, विक्की कौशल, जिम सरम, बोमन इरानी आदि ।

संगीत : रोहन रोहन तथा विक्रम मंट्रोज

सञ्जय दत्तको जीवनमा आधारित यो चलचित्रको सार्वजनिक ट्ेरलरले इन्टरनेटमा धुम मच्याइसकेको छ । सञ्जय दत्तले राजकुमार हिरानीका साथमा तीनवटा चलचित्रमा काम गरिसकेका थिए । ती चलचित्रको छायांकनका दौरानमा सञ्जय दत्त आफ्नो जीवनसँग जोडिएका धेरै किस्सा हिरानीलाई सुनाइरहेका थिए । प्रशंगवश एक दिन हिरानीले सञ्जय दत्तलाई भने, ‘यी किस्सालाई एउटा रिल लाइफमा पनि प्रस्तुत गरौं, जुन कुरा हेर्न र महसुस गर्न लायक हुनेछ ।’ 

सञ्जयदत्तले हिरानीलाई केही दिनमै आफ्नो यथार्थ कथामा आधार रहेर चलचित्र निर्माण गर्ने अनुमति दिए । ड्रग्सको लत, पितासँगको दुस्मनी अनि आमालाई सोही समयमा गुमाएका सञ्जय दत्तको जीवनमा यति मात्र पीडा छैन, उनको साथबाट एक फोर्टी सेभेन गनसमेत फेला पर्‍यो । सञ्जुलाई प्रहरीले आतंकवादी भन्दै जेलमा कोच्यो, उनी केही महिनाअघि मात्र जेलबाट निस्किएका हुन् । 

यी तमाम किस्सामा आधारित रहेर निर्माण गरिएको चलचित्र सञ्जुको कथा अविश्वसनीय जस्तो लाग्छ, तर यो यथार्थ घटनामा आधारित चलचित्र हो, जसमा रणवीर कपुरसहितका कलाकारहरू निकै प्रभावशाली रूपमा प्रस्तुत भएका छन् ।

प्रकाशित :असार १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्