सोल्टिनी

- साप्ताहिक संवाददाता

असार १५, २०७५

निर्देशक : निमा लामा तामाङ कलाकार : सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ आदि । 

संगीत : सोमलाल बाइवा तथा बिनय केटु

आज शुक्रबार नेपाली चलचित्र ‘ए सोल्टिनी’ प्रदर्शनमा आउँदैछ ।केही समयअघि गीत र ट्रेलर सार्वजनिक गरिएको यो चलचित्र पूर्ण रूपमा प्रेमकथामा आधारित छ, तर त्यसमा पनि कुन विषयमा विशेष जोड दिइएको छ भन्ने कुरा भने निर्माण टिमले बताएको छैन । दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र ए सोल्टिनी जिम्बा फिल्म्स प्रोडक्सनको ब्यानरमा तयार भएको हो । 

तामाङ भाषाका झन्डै एक दर्जन चलचित्र निर्देशन गरिसकेका निर्देशक निमाले निर्माण गरेको नेपाली भाषाको यो पहिलो चलचित्र हो । काठमाडौं उपत्यका वरिपरि खिचिएको चलचित्र ए सोल्टिनी कमेडी, प्रेम, एक्सन तथा सेन्टिमेन्टमा आधारित रहेको यसअघि सार्वजनिक गित तथा ट्ेरलरले दर्साउँछ । विश्वास भण्डारीले खिचेको यो चलचित्रलाई उनैले सम्पादन गरेका हुन् । राज गोलेले द्वन्द्व निर्देशन गरेको चलचित्र सोल्टिनीको कोरियोग्राफी अभि लामाले गरेका छन् ।

प्रकाशित :असार १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्