जान्बीको सेक्रेट

- साप्ताहिक संवाददाता

असार १४, २०७५

पछिल्लो चलचित्र ‘भैरे’ को प्रदर्शनको व्याग्रतापूर्वक प्रतिक्षा गरिरहेकी अभिनेत्री जान्बी बोहोरा यतिबेला कसैलाई थाहै नदिइ एउटा काम गर्दैछिन् । आफ्नै लगानीमा निर्माण हुने चलचित्र गरुढ पुराणमा अभिनय गर्न अहिले उनी आफ्नो ‘बडि’ बनाइरहेकी छिन् । 

यतिबेला उनको तौल ५५ केजी छ । ‘झन्डै पाँचदेखि सात केजी घटाउनु पर्नेछ, जान्बी भन्छिन्– ‘स्क्रिप्ट तयार भैसकेको छैन, स्क्रिप्ट फाइनल हुँदासम्म मैले वजन घटाउन सकें भने चलचित्रमा म आफैं मुख्य भूमिकामा प्रस्तुत हुनेछु ।’ 

जान्बीले आफ्नो तौल घटाउन खानपानदेखि व्यायामसम्मलाई प्राथमिकतामा राखेकी छिन् । अमिला, चिल्लो, पिरो तथा मसलेदार खानेकुरा खान छाडेकी जान्बी अचेल बढि पानी पिउँछिन् भने फलफूलमा जोड दिन्छिन् । यसबाहेक उनले व्यायामशालामा केही घण्टा बिताउन थालेको पनि धेरै भयो । आत्मविश्वासी जान्बी भन्छिन्–‘तौल घटाउने सबै उपाय अपनाइरहेकी छु, कसो सफल नहुँला ?’ 

 

प्रकाशित :असार १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्