खुल्लम खुला प्रेम

- एजेन्सी

असार १३, २०७५

बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुर गहिरो प्रेम सम्बन्धमा छन् । उनीहरू आजभोलि खुलेरै डेटमा रमाइरहेका छन् । केही समयअघि हात समातेर सोनम कपुरको विवाह पार्टीमा उपस्थित हुँदा धेरैको नजर यो जोडिमाथि सोझियो । 

केही हप्ताअघि मात्र एक कार्यक्रममा उपस्थित भएकी आलियालाई पत्रकारले प्रश्न सोध्दा उनी लाजले रातोपिरो भइन् र आफ्नो अनुहार दुवै हातले छोपिन् । रणवीरले आलियासँगको सम्बन्धका बारेमा अहिलेसम्म खासै केही बताएका छैनन् । 

अघिल्लो साता मात्र उनलाई आलिया र तपाईंबीचको सम्बन्ध के हो भनेर सोधियो । उनले यो प्रश्नको जवाफ दिन चाहेनन् । रणवीरले भने, बाहिर जेसुकै हल्ला होस्, तर म केही बोल्दिनँ । हामीले कुल बस्नुपर्छ, अन्यथा कुरा डढेलोजस्तो फैलन्छ । 

आलिया यसअघि सिद्धार्थ मल्होत्रासँग सम्बन्धमा थिइन् भने रणविर कैटरिना कैफसँगको सम्बन्धमा थिए ।

 

प्रकाशित :असार १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्