Teej banner

कायरा ट्रेलर

- साप्ताहिक संवाददाता

असार १३, २०७५

चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा अभिनेता आर्यन सिग्देलले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन् । सार्वजनिक ट्रेलर पूर्णतया म्युजिकल लभस्टोरी छ । पहिलो पटक स्क्रिन शेयर गरेका आर्यन र साम्राज्ञीको जोडी ट्रेलरमा हेर्दा फिट देखिन्छ ।

लक्ष्मण रिजालले निर्देशन गरेको यो चलचित्रमा अभिनेता आर्यन पुन: लभर ब्वाईको भूमिकामा प्रस्तुत भएका छन् । तर, यसपटक अघिल्ला चलचित्रमा भन्दा भिन्न स्वाद दर्शकलाई दिने आर्यन बताउँछन् ।

 

आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता राजकुमार भट्ट हुन् । आर्यन सिग्देलकै कथा रहेको चलचित्रमा केदार भुसालको पटकथा र संवाद छ । यो चलचित्र साउन १८ गतेबाट अल नेपाल रिलिजको प्रचारमा छ । 

चलचित्र ‘कायरा’को ट्रेलर :

 

प्रकाशित :असार १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्