Teej banner

बुलबुलमा ट्याम्पो चलाउँदै स्वस्तिमा

- साप्ताहिक संवाददाता

असार १२, २०७५

अभिनेत्री स्वस्तिमा खड्का अब ट्याम्पो चालकका रुपमा देखा पर्ने भएकी छिन् । चलचित्रमा विभिन्न भूमिकामा देखा परेकी यि अभिनेत्रीले बुलबुलमा ट्याम्पु चलाउँने भएकी हुन् । यसै साता घोषणा भएको चलचित्र ‘बुलबुल’मा उनी ट्याम्पो ड्राइभरको भूमिकामा देखिने छिन् । 

विनोद पौडेलले निर्देशन गर्ने यो चलचित्रमा स्वस्तिमासँगै जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतका कलाकारले अभिनय गर्ने छन् । 

कोशिश क्षेत्री र उदगम परियारको सगीत रहने चलचित्रका गीत भने निश्चल बस्नेत र रजिना रिमालले गाउने छन् । यो चलचित्रमा अभिनय गर्नका लागि आफूले प्रशिक्षण समेत लिएको स्वस्तिमाको भनाई छ ।  

निर्मातामध्येका एक अबिरल थापाले नेपाली चलचित्रको दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइँदै आएका प्रश्नहरू मध्ये ५१ प्रतिशत प्रश्नको आफ्नो चलचित्रले सम्बोधन गर्ने बताए ।

‘हामी नेपाली चलचित्रका हरेक आरोहअवरोहबाट परिचित छौं । यसले खेप्दै आएका आलोचना पनि पढ्दै आएका छौं । या चलचित्र धेरै समीक्षकले उठाएका प्रश्नका उत्तर हुने अपेक्षासहित बनाउने प्रयास रहनेछ’ अबिरलले थपे ।  

 

प्रकाशित :असार १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्