होला त विवाह !

- साप्ताहिक संवाददाता

असार १२, २०७५

चलचित्रमा प्रभाश र अनुष्का शेट्टीको जोडिलाई दर्शकले खुबै रुचाए । त्यसैले पनि पर्दामा उनीहरूको केमेस्ट्री गज्जब चल्यो । चलचित्रभन्दा बाहिर यो जोडीको सम्बन्ध गुपचुप रूपमा बलियो बन्दै गएको हल्ला समेत चल्न थालेको छ । 

उनीहरू आफूहरूबीच हुर्किरहेको सम्बन्धलाई थप बलियो बनाउने प्रयासमा छन् । बलिउडमा यो पनि हल्ला छ कि प्रभास र अनुष्का चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि यो जोडीले यस विषयमा मुख खोलेका छैनन् ।

 केही समय अघि प्रभाशले यो विषयमा बोल्ने हो भने आगो लाग्नेछ भन्दै कुरा पन्छ्याएका थिए । आखिर यो कुरा साँचो हो भने ढिलो चाँडो सबैले थाहा पाउने नै छन् ।

 

प्रकाशित :असार १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्