ट्रेलरमा रोमियो एण्ड मुना

- साप्ताहिक संवाददाता

असार ११, २०७५

श्रृष्टि श्रेष्ठले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘रोमिय एण्ड मुना’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा श्रृष्टिको जोडीका रुपमा अभिनेता विनय श्रेष्ठ देखिदै छन् । 

चलचित्र भित्र रहेको केही दृश्य समेटिएको ट्रेलरमा बिनय र श्रृष्टीका अलवा एनिभेसबाट तयार गरिएको राक्षसी रुपको अभिनय समेत देख्न सकिन्छ । आर्ट कलाका दृश्यले बिषेश स्थान पाएको ट्रेलरमा राखिएको  रोमान्स, प्रेम, पिडा, एक्सनका दृश्य दर्शकमा कौतुहलता जगाउने खालका छन् । 

नरेशकुमार केसीले निर्देशन गरेको यो चलचित्र आउँदो साउन ११ गतेबाट अल नेपाल रिलिज हुँदैछ । चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय र श्रृष्टिका अलवा सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । 

चलचित्रको ट्रेलर : 

 

प्रकाशित :असार ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्