म्याराडोनाले माफी मागे

  • मेक्सिकोको जितका लागि लात

- साप्ताहिक संवाददाता

असार ११, २०७५

म्याराडोनाले माफी मागे

अर्जेन्टिनाका डिएगो म्याराडोना जति राम्रा खेलाडी थिए, उनको व्यवहार उत्तिकै खराब हुन्छ । उनी प्राय: आफ्नो कुलतका कारण विवादमा पर्छन् भने उनको आलोचना पनि उत्तिकै हुन्छ । म्याराडोना अहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा मस्कोमा छन् । म्याराडोनाले त्यहाँ अर्जेन्टिनाको खेल पनि हेरे । त्यसक्रममा उनले भीआईपी बक्समै बसेर सिगार ताने । उनले त्यहाँ सिगार पिएको तस्बिर भाइरल समेत भयो । पछि सबैले त्यसको आलोचना गरेपछि म्याराडोनाले माफी माग्दै भने, ‘मलाई रंगशालामा धूम्रपान गर्नु हुँदैन भन्ने कुरा थाहा थिएन ।’ म्याराडोना यस्तै खालका छन् । लागू पदार्थको कुलतकै कारण उनी धेरै पटक मृत्युको मुखमा पुगिसकेका छन् । 

मेक्सिकोको जितका लागि लात

मेक्सिकोको जितका लागि एक वेदरगर्लले मेक्सिकाकै एक न्युज च्यानलमा प्रदर्शन गरेको हर्कत सामाजिक सञ्जालमा भाइरल भएको छ । कसैको भाग्यमा खराब नजर लाग्यो भने बम्पमा लातले हानेपछि राम्रो हुन्छ भन्ने मान्यता मेक्सिकनहरूमा छ । वेदरगर्ल यानेट ग्रासियाले मेक्सिको फुटबल टिमको दुर्भाग्य हटाउन दुई साथीलाई बोलाइन् र आफ्नो बम्पमा लात हान्न लगाइन् । यता रूसमा भएको प्रतिस्पर्धामा जब मेक्सिकोले जर्मनीलाई जित्यो, त्यसपछि यानेटको यो कार्य सोसल साइटमा ट्रेन्डिङमै आयो । यानेटको फर्मुलाले काम गरेकाले नै मेक्सिकोले जर्मनीविरुद्ध जित हात पारेको कतिपय मेक्सिकनको विश्वास छ ।

 

प्रकाशित :असार ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्