Teej banner

बिशमको झुम्के बुलाकी

- साप्ताहिक संवाददाता

असार १०, २०७५

म्यूजिक भिडियोमा अभिनय गरेर नेपाली सांगीतिक क्षेत्रमा आएका मोडल हुन् – बिशम गौतम । गौतमले पहिलो पटक राज सिग्देलले गाएको एक गीतको म्यूजिक भिडियोमा अभिनय गरेका थिए । मोडल बनेपछि अष्ट्रेलिया हानिएका बिशम पछिल्लो समय भने गीतकारका रुपमा अघि आएका छन् । उनले पछिल्लो गीत ‘झुम्के बुलाकी’ सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा बिशम आफैले अभिनय समेत गरेका छन् । गौतमका शब्दमा संगीत सिर्जु अधिकारीले भरेकी छिन् । पहिलो पटक सिर्जुसँगै म्यूजिक भिडियोमा जाडी बाँधेका बिशमले आफ्नो तेस्रो गीतसम्म पनि सिर्जुको साथ भने छाड्न सकेका छैनन् । 

गायनमा सिर्जुलाई अमृत खातीले साथ दिएका छन् । प्रकाश धितालले निर्देशन गरेको म्यूजिक भिडियोमा उत्सब दाहाल छायांकन र  कोरियोग्राफी सुरेन्द्र बस्यालको रहेको छ ।

झुम्के बुलाकीको म्यूजिक भिडियो :

 

प्रकाशित :असार १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्