वल्र्डकप कसले जित्छ जस्तो लाग्छ ? किन ?

- साप्ताहिक संवाददाता

असार १०, २०७५

जर्मनी, पोर्चुगल, अर्जेन्टिना, ब्राजिलमध्ये एउटाले जित्छ । 

तालबहादुर

मेरो समर्थन फ्रान्सलाई । 

सुवास लम्साल

स्पेनले ।

दीपक सिम्खडा

जति बूढो भए पनि बाघ भनेको बाघ नै हो, त्यसैले यसपालिको वल्र्डकप ब्राजिलले नै जित्छ ।

उपेन्द्र सुवेदी

अर्जेन्टिनाले जित्छ । 

लक्ष्मण खत्री

मेरो दृष्टिमा पोर्चुगलले जित्छ । 

सुरेश थापा

मेरा लागि फ्रान्स नै उत्कृष्ट छ । 

राजनप्रसाद धमला

रसियामा हुने वल्र्डकप जर्मनीले जित्छ । 

पौडेलको छोरो

खेलमा कहिल्यै ठोकुवा गर्न सकिँदैन । तैपनि अर्जेन्टिनाले जिते राम्रो ।

दमन आङ्तेम्बे

मेरा लागि जर्मनीले जिते पनि ब्राजिलले जिते पनि उस्तै । म यी दुवै देशलाई समर्थन गर्छु । 

निभना पौडेल

सधैं जर्मनीले जित्छ भनेर समर्थन गर्थें तर यसपालिको हिरो ब्राजिल हो । 

लक्षु सुनुवार

यसपालि ब्राजिलले जित्छ जस्तो छ । 

सन्दीप रेग्मी

मेरो समर्थन फ्रान्सलाई । 

राज श्रेष्ठ

मलाई त ब्राजिल सदाबहार लाग्छ ।

पकि लिम्बू

ब्राजिलले । किनभने चिसो भनेकै कोकाकोला भने जस्तै फुटबल भनेकै ब्राजिल हो । 

डियर विद्या

खेलाडीले जित्छ । किनभने गोल उसैले गर्छ । 

ओम आचार्य

यो प्रश्न नै गलत छ । किनभने जसलाई धेरै वल्र्डकप जित्ने बानी परेको छ अहिले पनि उसैले जित्छ ।

लोलबहादुर 

पोर्चुगलले जित्छ किनभने उसले नै धेरै गोल हान्छ । 

सुनार कान्छो

ट्विटरमा समर्थकको भीड हेर्ने हो भने ब्राजिल वा अर्जेन्टिनामध्ये एकले जित्छ तर रसियामा हुने वल्र्ड फुटबलचाहिँ जर्मनीले जित्छ । 

बिके संग्राम 

पोर्चुगलले जित्छ । युरो कप भनेको आधा वल्र्डकप हो, त्यसैले पोर्चुगलले नै जित्छ ।

मोहन पल

ब्राजिलले जित्ला नि हौ । 

पुष्कर मल्ल

यसपालि साउदी अरेबियाले जित्छ । 

एचबी जिसी

वल्र्डकप फुटबल जोसुकैले जितोस्, तर हामीलाई आफ्नै नेपाल प्यारो छ । 

फर्गेट मि

भोटिङ गरेर जित्ने भए नेपालले जित्थ्यो । खेल खेलेर त कसले जित्छ भन्न सक्दिनँ । 

विमल बराल

जर्मनीले जित्छ यो पालिको विश्वकप । किनभने कुनै स्टार खेलाडी नभए पनि जर्मनीको खेल्ने शैली अरू देशको भन्दा फरक छ । फिनिसिङ राम्रो छ । अहिले सम्मको विश्वकप इतिहास हेर्दा धेरै पटक सेमिफाइनलको यात्रा गरेको छ ।

समपर्ण सन्देश

जोसुकैले जितोस् । हामीलाई केही फरक पर्दैन । 

प्रकाश राजवंशी

खेल जसले जिते पनि क्लाइमेक्स राम्रो हुनुपर्‍यो । 

किशोर पराजुली

जसले बढी गोल गर्छ उसैले जित्छ । 

सोनाम घिसिङ

अहिले नै थाहा हुने भए किन एक महिना लगाएर खेल खेलिरहनु ?

केपी भट्टराई

इतिहास हेर्ने हो भने त ब्राजिलले पाँच पटक विश्वकप जितिसकेको छ ।

रुपेश श्रेष्ठ

वल्र्डकप फुटबल बेल्जियमले जित्छ किनभने अहिले बेल्जियमसँग राम्रा खेलाडी छन् । 

डल्ली कान्छी 

जसले धेरै गोल हान्छ उसैले जित्छ विश्वकप । 

भरत गुरुङ

प्रकाशित :असार १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्