Teej banner

उत्कृष्ट +2

- जनक तिमिल्सिना, भिषा काफ्ले

असार १०, २०७५

राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षामा सामेल भएका ३ हजार ४ सय ९९ माध्यमिक विद्यालयबाट बाट उत्कृष्ट विद्यालय छान्नु त्यति सजिलो काम होइन, तैपनि विगत १४ वर्षदेखि साप्ताहिकले गर्दै आएको यो अभ्यासलाई यो वर्ष पनि निरन्तरता दिने प्रयास गरिएको छ । उत्कृष्टताका आधार अनेकन हुन सक्छन् । त्यसमा विद्यालयको परीक्षाफल एउटा प्रमुख आधार हो भने विद्यालयको व्यवस्थापकीय पक्षदेखि अतिरिक्त क्रियाकलापजस्ता कुरा पनि महत्वपूर्ण हुन्छन् । हामीले यो वर्ष पनि विगतका वर्षमा झैं राष्ट्रिय परीक्षाबोर्डले लिएको परीक्षाको परीक्षाफललाई प्रमुख मापदण्ड बनाएका छौं । १४ वर्षदेखिको यो प्रक्रियामा यसपटक केही परिमार्जन गरिएको छ, तर मुख्य आधार भने राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराएको शैक्षिक परिणाम नै हो ।

 

अघिल्ला वर्षहरूमा कक्षा ११ र १२ को पाँच वर्षको परिणामलाई आधार मानिँदै आएकोमा गत वर्षदेखि कक्षा ११ को परीक्षाफल प्रतिशतको आधार हटाएर ग्रेडिङ प्रणाली लागू भएको हुँदा यस पटक २०७४ को एक वर्षको परीक्षाफललाई मात्र आधार मानिएको छ ।  विगतको जस्तै देशभरका विद्यालयहरूको उत्कृष्टता मापनसँगै नवीनतम प्रयोगका रूपमा देशको पछिल्लो प्रादेशिक संरचनाअनुसार यो वर्ष प्रादेशिक स्तरमा समेत तीन–तीन उत्कृष्ट विद्यालय छानिएको छ । देशभरको उत्कृष्टता मापनमा हामीले कम्तीमा २ सय विद्यार्थीलाई परीक्षामा समावेश गरेका विद्यालयलाई यो प्रक्रियामा समावेश गराएका छौं भने प्रदेशमा कम्तीमा १ सय विद्यार्थीलाई परीक्षामा सामेल गराएका विद्यालयलाई मापदण्डमा राखेका छौं ।

समग्रमा उत्कृष्ट माविको सूचीमा विगतका वर्षहरूमा स्थान बनाउँदै आएको ललितपुर, मानभवनस्थित प्रसादी एकेडेमीले आफ्नो स्थान सुरक्षित गरेको छ । यो वर्ष उत्कृष्ट १० को दोस्रो स्थानमा काठमाडौंका विद्यालयहरूलाई माथ ख्वाउदँै विराटनगरको मेरील्यान्ड स्कुल भित्रिएको छ । गत वर्ष दोस्रो स्थानमा रहेको सेन्ट जेभियर नवौं स्थानमा पुगेको छ । तेस्रो स्थानमा रहेको रिलायन्सले कमब्याक गरेको छ ।

गत वर्ष सातौं स्थानमा रहेको पोखराको सगरमाथा स्कुल चौथो स्थानमा उक्लन सफल भएको छ भने चौथो स्थानमा रहेको काठमाडौं मोडल स्कुल पाँचौं स्थानमा छ । छैटांैमा हिमालयन ह्वाइटहाउसको प्रवेश भएको छ । गत वर्ष छैटांै स्थानमा रहेको सैनिक महाविद्यालय सल्लाघारी उत्कृष्ट १० बाट बाहिरिएको छ ।

गत वर्ष सातौं स्थानमा रहेको सगरमाथा उच्च मा.वि. चौथो स्थानमा उक्लिएसँगै त्यो स्थान कब्जा गर्न हिमालयन इन्टरनेसनल मोडल स्कुल आइपुगेको छ भने पाँचौं स्थानमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट अहिले आठांै स्थानमा झरेको छ । गत वर्ष दोस्रो स्थानमा रहेको सेन्ट जेभियर स्कुल यो वर्ष नवौं स्थानमा छ भने दसौं स्थान पोखराको मदरल्यान्डले पक्का गरेको छ । 

प्रसादी एकेडेमी, ललितपुर

सन्तानप्रति अभिभावकहरूले गर्ने लगानीको निरन्तर निगरानी र सिकाइलाई व्यवहारमा उतार्न विद्यार्थीलाई मेहनत गराउने अभ्यासले नै प्रसादी ऐकेडेमीलाई सधैं उत्कृष्ट कलेजहरूको पहिलो स्थान दिलाउँछ । विद्यार्थीलाई पढाउने भन्दा पनि सिकाउने प्रचलनका कारण यो विद्यालयको नतिजा उत्कृष्ट भएको अध्यक्ष विक्रम राई बताउँछन् । स्थापनाको २० वर्ष नाघिसक्दा पनि पुराना शिक्षकहरूको निरन्तरता र लगानीले प्रसादीको उचाइ अझ माथि उठाएको अध्यक्ष राईले बताए ।

सिट संख्या 

विज्ञान :४ सय ५०

व्यवस्थापन : २ सय ५० 

भर्ना शुल्क 

विज्ञान : १४ हजार ९ सय ५० रुपैयाँ

व्यवस्थापन : १४ हजार ९ सय ५० रुपैयाँ

मासिक शुल्क

विज्ञान : ४ हजार ५ सय ५० रुपैयाँ

व्यवस्थापन : ३ हजार ५ सय ५० रुपैयाँ

अन्य शुल्क : ६ सय ५० रुपैयाँ

भवन : आफ्नो र भाडाको जग्गामा

क्षेत्रफल : १२ रोपनी 

 

रिलायन्स इन्टरनेसनल ऐकेडेमी, काठमाडौं

१५ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको रिलायन्स इन्टरनेसनल एकेडेमीको प्रमुख विशेषता भनेको विद्यार्थीको चरित्र निर्माण गर्नु हो । शैक्षिक वातावरण निर्माणका लागि चाहिने पर्याप्त पूर्वाधार भएकै कारण सधैं अब्बल परीक्षाफल दिन सफल भएको ऐकेडेमीका प्रिन्सिपल रवीन्द्रजंग थापा बताउँछन् । 

सिट संख्या : 

विज्ञान : २ सय

व्यवस्थापन : ४ सय ८०

मानविकी : ४० सय

भर्ना शुल्क : 

विज्ञान : १२ हजार रुपैयाँ

व्यवस्थापन : १० हजार रुपैयाँ

मानविकी : ८ हजार रुपैयाँ

मासिक शुल्क :

विज्ञान : ३ हजार ५ सय रुपैयाँ, व्यवस्थापन : २ हजार ७ सय रुपैयाँ, मानविकी : २ हजार २ सय रुपैयाँ

अन्य शुल्क (वार्षिक) : 

विज्ञान : २१ हजार रुपैयाँ

व्यवस्थापन : ११ हजार रुपैयाँ

मानविकी : १ हजार १ सय रुपैयाँ

भवन : आफ्नै जग्गामा

क्षेत्रफल : ५ रोपनी

हिमालयन इ.मो. स्कुल, काठमाडौं

११ वर्षदेखि विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गराउँदै आएको छ । विद्यार्थीको व्यक्तित्व विकासमा केन्द्रित हुने र अतिरिक्त क्रियाकलापमा जोड दिने हुदा विद्यालयको परिक्षाको नतिजा उत्कृष्ठ भएको प्रिन्सिपल रामचन्द्र खनाल बताउँछन् ।

सिट संख्या 

विज्ञान : १ सय १०

व्यवस्थापन : २ सय 

भर्ना शुल्क 

विज्ञान : २० हजार रुपैयाँ, व्यवस्थापन : १५ हजार रुपैयाँ 

मासिक शुल्क

विज्ञान : ३ हजार ५ सय रुपैयाँ, व्यवस्थापन : ३ हजार रुपैयाँ 

अन्य शुल्क : ५ हजार रुपैयाँ

भवन: आफ्नै

मेरिल्यान्ड स्कुल, विराटनगर

विद्यालय स्थापना भएको ५ वर्षमा ९७ प्रतिशत परीक्षाफल निकाल्नु आफैंमा विद्यालयको स्तर 

छुट्याउने एउटा मापदण्ड हो । व्यवस्थापन संकाय मात्र अध्यापन हुने यो विद्यालयको लक्ष्य नै गुणस्तरीय विद्यार्थी उत्पादन रहेको प्राचार्य लक्ष्मण ढकाल बताउँछन् । 

सिट संख्या : ६ सय 

भर्ना शुल्क : १ हजार रुपैयाँ 

मासिक शुल्क : ३ हजार रुपैयाँ 

अन्य शुल्क : ११ हजार ९ रुपैयाँ 

भवन : आफ्नै जग्गामा

क्षेत्रफल : १० कट्ठा ७ धुर

सगरमाथा स्कुल, पोखरा

लाइबेरी, साइन्स ल्याब तथा विद्यार्थीअनुसारको शिक्षण विधि यो विद्यालयको विशेषता हो ।  यहाँ सूचना–प्रविधिको उच्चतम् प्रयोग र पारिवारिक वातावरणमा पूर्णकालीन शिक्षकबाट अध्यापन गराइने कारण विद्यालयप्रतिको आकर्षण बढेको प्रिन्सिपल धनबहादुर थापा बताउँछन् ।

सिट संख्या : 

विज्ञान : १ सय २६

व्यवस्थापन : २ सय १० 

मासिक शुल्क : 

विज्ञान :३ हजार 

९ सय ७५ रुपैयाँ

व्यवस्थापन : ३ हजार ४ सय ७५ रुपैयाँ

भर्ना शुल्क दुवै संकायमा

८ हजार ५ सय रुपैयाँ

धरौटी 

विज्ञान : १ हजार

व्यवस्थापन : ५ सय रुपैयाँ

हिमालयन ह्वाइट हाउस इन्टरनेसनल, काठमाडौं

धेरै विद्यालयले पढाउने र सिकाउने मेथड प्रयोग गरीरहेका हुन्छन्, तर त्यसभन्दा फरक विद्यार्थीलाई नवीनतम खोज गराउने र सोहीअनुसार सोच निर्माण गर्ने वातावरण तयार गर्दै आएको छ, हिमालयन 

ह्वाइटहाउस इन्टरनेसनल स्कुलले । अमेरिकी विद्यालयको सहयोगमा विज्ञानका विद्यार्थीहरूलाई टेक्नोलोजी, इन्जिनियरिङ तथा म्याथमेटिक्ससँग जोडेर पढेको विषयलाई व्यवहारिक प्रयोग गर्ने गरी सिकाइ रहेको सिइओ युवराज शर्मा बताउँछन् । 

सिट संख्या 

विज्ञान : ४ सय

व्यवस्थापन : २ सय

मानविकी :  ५०

भर्ना शुल्क 

विज्ञान : १ लाख १० हजार रुपैयाँ

व्यवस्थापन : ८५ हजार रुपैयाँ

मानविकी : ७० हजार रुपैयाँ 

भवन : भाडामा

क्षेत्रफल : १५ रोपनी 

काठमाडौं मोडल स्कुल, काठमाडौं

१ हजार ६ सयभन्दा बढी विद्यार्थी एउटा शैक्षिक सत्रमा औसत ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु सामान्य उपलब्धि होइन । विद्यार्थीको रुचिलाई ध्यान दिएर प्रयोगात्मक शिक्षा उपलब्ध गराउनु नै यो उच्च माविको सफलताको रहस्य हो । 

सिट संख्या : विज्ञान : १ हजार २ सय, व्यवस्थापन : ४ सय, मानविकी– ४०

भर्ना शुल्क : विज्ञान : ४२ हजार ५ सय रुपैयाँ, व्यवस्थापन : ३२ हजार ५ सय रुपैयाँ, मानविकी : ३२ हजार ५ सय रुपैयाँ

मासिक शुल्क : विज्ञान : ५ हजार २ सय रुपैयाँ, व्यवस्थापन : ३ हजार ५ सय रुपैयाँ, ३ हजार ५ सय रुपैयाँ,

अन्य शुल्क : १ हजार रुपैयाँ (रिफन्डेबल)

भवन : आफ्नो र भाडामा

क्षेत्रफल : १६ रोपनी

ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं

पढाइ हुने प्रत्येक एकाइ प्रोजेक्ट वर्कका रूपमा विद्यार्थीलाई सहभागी गराई पढेको कुरालाई व्यवहारसँग जोड्नु नै ग्लोवल कलेज आफ म्यानेजमेन्टको विशेषता हो । पढाइ मात्र नभएर विद्यार्थीको इच्छाअनुसार क्षमता पहिचान गरी सोही अनुसार अवसर प्रदान गरी उनिहरूको सर्वाङ्गीण विकासमा सहयोग गर्नु विद्यालयको उद्देश्य भएको प्रिन्सिपल अम्बादत्त जोशी बताउँछन् ।

सिट संख्या : ८ सय 

भर्ना शुल्क : १५ हजार रुपैयाँ 

मासिक शुल्क : ७ हजार ५ सय रुपैयाँ

अन्य शुल्क : ६० हजार रुपैयाँ 

भवन : आफ्नै भवन

क्षेत्रफल : १० रोपनी

सेन्ट जेभियर्स कलेज, काठमाडौं

विज्ञान संकाय मात्र अध्यापन गराउने यो कलेज काठमाडौंका अब्बल कलेजमा पर्छ । कलेजका सूचना अधिकृत मुराली शर्मा कलेजको निरन्तर अब्बल नतिजाको प्रमुख कारण समयबद्धतालाई मान्छन् । शर्मा भन्छन्— यसबाहेक उच्चस्तरको फ्याकल्टी, आधुनिक प्रयाक्टिल ल्याब, तीन–तीन महिनामा परीक्षा हाम्रो अब्बल नतिजाको प्रमुख कारण हो । पाठ्यक्रममा आधारित विषयवस्तुका साथै अतिरिक्त क्रियाकलापमा पनि यो उच्चमाविले उत्तिकै ध्यान दिँदै आएको छ । काउन्सिलिङ, वर्षभरि नै इसीएका कार्यक्रम पनि गर्दै आएको यो कलेजले मल्टिमिडिया सिकाइ प्रणालीलाई व्यवहारमै प्रयोग गरिरहेको छ ।

संकाय: विज्ञान

सिट संख्या : ५०४ 

वार्षिक शुल्क : ८२ हजार 

भवन : आफ्नै जग्गामा

क्षेत्रफल : १४ रोपनी

मदरल्यान्ड स्कुल पोखरा

लाइब्रेरी, साइन्स ल्याब, कम्प्युटर ल्याब, अडियो, भिडियो तथा प्रोजेक्टरमार्फत समय अनुसारको शिक्षण विधिमा पढाइ हुनु यो विद्यालयको विशेषता हो । सूचना–प्रविधिको उच्चतम् प्रयोग गर्दै पारिवारिक वातावरणमा दक्ष तथा अनुभवी शिक्षकबाट अध्यापन गराउने यो विद्यालयको विशेषता भएको संस्थापक निर्देशक त्रिभुवन शर्माले बताए 

सिट संख्या : 

विज्ञान : १ सय ८०

व्यवस्थापन : १ सय ८० 

मासिक शुल्क : 

विज्ञान : ४ हजार ४ सय रुपैयाँ

व्यवस्थापन : ३ हजार ९ सय २५ रुपैयाँ

भर्ना शुल्क : विज्ञान र व्यवस्थापन दुवैमा १२ हजार रुपैयाँ

धरौटी : दुवै संकाय ५ सय रुपैयाँ

वार्षिक शुल्क :

विज्ञान : २२ हजार ५ सय रुपैयाँ

व्यवस्थापन : १ हजार १ सय रुपैयाँ 

 

प्रकाशित :असार १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्