विश्वकप फुटबलसम्बन्धी जिज्ञासा र समाधान

- साप्ताहिक संवाददाता

असार ९, २०७५

 

 

यसपालि पनि जर्मनीले नै विश्वकप जित्छ ?

– भदौमा आँखा फुटेको डिंगोले सधैं हरियो देख्छ रे । 

 

पाँचपल्टको विजेता ब्राजिलले आधा दर्जन किन पुर्‍याउँदैन ?

– एकादेशमा एउटा राजा थियो, परन्तु हामी एक्काइसौं शताब्दीको गणतान्त्रिक फुटबलतन्त्रमा छौं । 

 

पोर्चुगल र विश्वकपबीच के साइनो छ ?

– कागलाई बेल पाक्यो हर्ष न विस्मात । 

 

विश्वकपको सबैभन्दा खतरनाक टिम कुन हो ?

– उरुग्वे । ऊसँग लुइस स्वारेजजस्तो घातक हतियार छ, जसले दाँते–सट प्रहार गरी कुनै पनि टिमलाई एक्लैले धराशायी पारिदिन सक्छ । 

 

के बेल्जियमले इतिहास रच्ला ?

– दही छैन, चिउरा भए दही–चिउरा खान्थें भन्दै डुक्रिने बुज्रुकहरूलाई के भन्नु र खोइ ? 

 

के इंग्ल्यान्डले इतिहास दोहोर्‍याउला ?

– ढाँटको निम्तो खाई पत्याउनु अरे । 

 

स्याल हुइँया मच्चाइएझैं के स्पेन सबैभन्दा बलियो र सन्तुलित टिम हो ?

– नब्बे वर्षां लिट्ठो एउटा फाइनल, खुट्टी देख्दै पत्याएँ । 

 

अनि अर्जेन्टिना नि ?

– टिममा जम्मा एउटा मेसी तर हल्ला नै बेसी । 

प्रकाशित :असार ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्