Teej banner

देशैभरी एक्स्ट्रा माया

- साप्ताहिक संवाददाता

असार ८, २०७५

निर्देशक : सोम कुस्कुमाझी कलाकार : सुस्मिता बुर्लाकोटी, अर्जुन खड्का, सनी सुनवार, सृष्टि भण्डारी, शोभा भण्डारी आदि । संगीत : सन्तोष किराँत तथा योङजङ लामा

खासै प्रमोसन नगरिएको चलचित्र ‘एक्स्ट्रा माया’ आजदेखि देशभर प्रदर्शनमा आउनेछ । यो चलचित्रले के–कति हल पाएको छ भन्ने जानकारी समेत सार्वजनिक गरिएको छैन । चलचित्रको ट्रेलर केही महिनाअघि मात्र बजारमा आएको थियो । उक्त ट्रेलर अनुसार यो चलचित्रमा समाजका विद्यमान समस्या, युवायुवतीको प्रेम, विदेश जाने पुरुषहरूका श्रीमतीको कथा तथा विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ । 

चलचित्र ‘एक्स्ट्रा माया’ का अधिकांश कलाकार नयाँ छन् । निर्देशक कुस्कु माझी नेपाली चलचित्र उद्योगमा नयाँपन ल्याउन यो चलचित्रले सहयोग पुर्‍याउने दाबी गर्छन् । रिच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई कमल फुयाँल तथा कमल केआरले निर्माण गरेका हुन् । कमल केआरको कथामा तयार ‘एक्स्ट्रा माया’ मा दिनेश माङमुको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन तथा समिर मियाँको सम्पादन छ ।

प्रकाशित :असार ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्