हेर यी आँखामा

- साप्ताहिक संवाददाता

असार ७, २०७५

 

रेडियो नेपालका अंग्रेजी समाचारवाचक तथा लोकप्रिय गायक महेन्द्र रायमाझी आफ्नो  नयाँ गीत ‘हेर यी आँखामा’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो ।

गीतकार डिपी खनालको शब्द रचनाको गीतलाई युवा संगीतकार शंकर थापा स्माइलले संगीतबद्ध गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाा कलाकार मिलन खड्काले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन । उक्त गीतको अडियो तथा भिडियोलाई डश म्युजिक प्रालिले प्रस्तुत गरेको हो ।

हेर यी आँखामाका म्यूजिक भिडियो :

प्रकाशित :असार ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्