विश्वकप कसले जित्छ जस्तो लाग्छ ? किन ?

- साप्ताहिक संवाददाता

असार ६, २०७५

ब्राजिलले जित्छ । 

सन्तोष कँडेल

पोर्चुगलले जित्छ । 

सुनिल न्यौपाने

स्पेन ।

नवीन अधिकारी, उत्तम थापा

म ब्राजिलको समर्थक, जिते पनि हारे पनि ब्राजिलले नै जित्छ भन्छु ।

कुमार बुढाथोकी

ब्राजिल ।

चन्द्र घर्तीमगर

जसले जे भने पनि यसपालि बेल्जियमले विश्वकपको ट्रफी उचाल्नेछ । 

सागर थ्रिस्टार

अरूले जे भने पनि अन्त्यमा स्पेनले जित्छ । 

आशबहादुर गुरुङ

युक्रेनले जित्छ । 

दिलबहादुर

जर्मनी । 

सूर्यचन्द्र भण्डारी

सबै यो र त्यो भन्दै गफ गर । कपचाहिँ फुत्त स्पेनले लानेछ अनि चाल पाउँछौं । 

अर्जुन शर्मा

जसले जिते पनि बाल मतलब । बेकारको निद्रा हराम अनि स्वास्थ्यमा असर । रेस्टुराँ गएर हेर्दा धनको नाश । आफ्नो काम नगरी हुँदैन । बरु त्यो समय उपयोग गरेर काम गर्दा एक छाक टार्न पुग्छ । 

सुवास पन्थी

फ्रान्स । 

नवीन राना

जापानले जित्छ, गोल हानेरै जित्छ ।

विजयकुमार पोखरेल

ब्राजिल र पोर्चुगलमध्ये एकले जित्छ । 

प्रकाश निरौला 

फ्रान्सले जित्छ किनभने फ्रान्समा ग्रिज्मन, पोग्बा, भराने, येम्बापेजस्ता खेलाडी छन् । फ्रान्ससँग युवा जोस–जाँगरले भरिएको टिम छ ।

महेश गिरी

मेरो विचारमा अर्जेन्टिनाले जित्छ । 

विशाल ठकुरी

जर्मनीले जित्नेमा कुनै शंका छैन ।

रमेश चौहान

ब्राजिलले, किनभने टिममा राम्रा खेलाडी छन् ।

सुमन मिश्र, प्रदीप सुवेदी

ओल्ड इज गोल्ड, त्यसैले ब्राजिलले जित्छ । 

दिलको राजा 

जर्मनीका अगाडि सबै भुराभुरी हुन् । जर्मनीले नै जित्छ । 

टीआर दंगाल

एउटा हल्ला गर्छ जर्मन भन्दै, अर्को हल्ला गर्छ ब्राजिल भन्दै, अनि कुनै–कुनै छाउरा निस्कन्छन् पोर्चुगल भन्दै, तर अन्तिममा जित्नेचाहिं अर्जेन्टिनाले हो । अर्जेन्टिनालसँग फाइनल खेल्न पाउने पो कुन भाग्यमानी देश होला ?

राज कार्की

अवश्य पनि ब्राजिलले जित हात पार्छ । 

नारायणप्रसाद ढकाल

पोर्चुगलले जित्छ भन्ने विश्वास छ । 

अञ्जान मजाकोटी

डेनमार्कले जित्छ । 

युवराज गैरे

फ्रान्सले जित्छ । ऊसँग बलियो टिम छ ।

सन्तोष रे

खै, यही त दोधारमा छु— कसले जित्छ भनेर । अलिक विश्वासिलो आधार भए सट्टा खेलौं भनेको ?

दीपक थापा

साउदीले जित्नैपर्छ ।

बिरसिंह बोम्जन

स्पेनले जित्छ होला । 

गोल्डेन न्यौपाने

भ्रष्टाचार र सुन तस्करीको विश्वकप हुने भए नेपालले जित्थ्यो । 

डिरोज क्षेत्री

२०१८ को वल्र्ड कप ब्राजिलले जित्छ । 

भिम लामा 

अर्जेन्टिना । मेसीको टिमका सबै सदस्यमा उपाधि जित्ने भोक छ । दुई पटक कोपा र एकपटक विश्वकप फाइनल हार्नुको पीडा बिर्सनु छ । 

सुलभ दाहाल

अर्जेन्टिनाले जित्छ, किनभने अहिले उनीहरूको टिम राम्रो छ । 

सौहाद्र्ध तुलाधर

नेदरल्यान्ड र फ्रान्समध्ये एउटाले जित्छ । 

सरिफ केटा

मेसीजस्ता होनहार खेलाडी भएकाले अर्जेन्टिनाले जित्छ ।

सरोज चौधरी

अरूभन्दा जर्मनीको टिम राम्रो छ । त्यसैले यसपालि जर्मनीले जित्छ ।

बिनोद 

यो कुरा फाइनल हेरेपछि मात्र भन्न सकिन्छ, अहिले नै भन्न सकिँदैन ।

 धुब्र

जहाँ युवा खेलाडीहरूको बाहुल्यता छ उसैले जित्छ । 

सन्तोष 

फ्रान्सले जित्छ ।

कमल बास्तोला 

खेल त सबै देशको राम्रो छ, तर मचाहिं ब्राजिलको समर्थक भएकाले ब्राजिलले नै जितोस् भन्ने चाहन्छु ।

आले विकल्प 

प्रकाशित :असार ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्