शिल्पाको एक्शन

- साप्ताहिक संवाददाता

असार ५, २०७५

 

अभिनेत्री शिल्पा पोख्रेलको नयाँ चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ । असार २९ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको यो चलचित्रका  पोष्टर तथा दुई गीत सार्वजनिक भैसकेका छन् । 

सार्वजनिक ट्रेलरमा चलचित्रका शर्षि कलाकार शिल्पा पोख्रेल, अनुप विक्रम शाही, पृथ्वीराज प्रसाई देखी घोडा र बाँदरसम्म फिचरिङ गरिएको छ । ट्रेलरमै प्रज्वल गिरी, शुशिल पोखरेल, धुब्र कोईराला, प्रिया रिजाल लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको चलचित्र हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । 

वीराङ्गनामा सुमी चामलिङ राई सह निर्माता रहेकी छिन् । चलचित्रमा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

 

चलचित्रको ट्रेलर :

प्रकाशित :असार ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्