निश्चललाई पनि २५

- साप्ताहिक संवाददाता

असार ४, २०७५

यतिबेला नेपाली चलचित्रका लोकप्रिय अनुहारहरूले जति पारिश्रमिक पाउने क्रम बढेको छ । चलचित्रको व्यवसायिक पक्ष सामान्य नै रहे पनि अभिनेता–अभिनेत्रीहरूले एक–पछि अर्को गर्दै आफ्नो पारिश्रमिक बढाउँदै लगेका छन् ।

अनमोल केसी, प्रदीप खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, विपिन कार्की आदि अभिनेताले २० लाख रुपैयाँभन्दा कम पारिश्रमिकमा काम गर्न छाडिसके । अहिले आएर निर्देशक तथा अभिनेता निश्चल बस्नेत पनि यही कोटीमा उक्लिएका छन् ।

छायांकनको तयारीमा रहेको एउटा चलचित्रले निश्चललाई २५ लाख रुपैयाँ पारिश्रमिक दिएर अनुबन्ध गरेको बताइएको छ । विपिन कार्की तथा नम्रता श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र प्रसादमा निश्चलको इन्ट्री भएको हो । दिनेश राउतले निर्देशन गर्ने उक्त चलचित्रका लेखक सञ्चारकर्मी सुशील पौडेल हुन् । 

प्रकाशित :असार ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्