गायक चौलागाईंको किराना पसल सार्वजनिक

- साप्ताहिक संवाददाता

असार ४, २०७५

 

गायक युवराज चौलागाईं आफ्नो नयाँ गीत ‘किराना पसल...’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । क्षितिज सापकोटाको शब्द तथा संगीतको उक्त रोमान्टिक गीतमा संगीतकार राजन इशानको संगीत संयोजन छ ।

सुशिल शाह उक्त गीतका रेकर्डिष्ट हुन् भने कृष्ण महर्जनले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीतमा सञ्जीव बराइलीको गिटार, भुवन गन्धर्वको तबला तथा सञ्जिव मैनालीको बाँसुरीवादन छ ।

गायक चौलागाईंकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा गायक चौलागाईंसहित अनुष्का पाठक, बिनोद पौडेल, अशिना थपरिला तथा राज न्यौपानेले अभिनय गरेका छन् ।

अर्जुन तिवारी तथा उनको समुहद्वारा छायांकन गरिएको उक्त भिडियोमा कमल प्रसाईंले ड्रोन सञ्चालन गरेका छन् । सुप्रिप पराजुली भिडियाका सम्पादक हुन् ।

किराना पसलको म्युजिक भिडियो :

प्रकाशित :असार ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्