चर्चा बटुल्दै कशिस

- साप्ताहिक संवाददाता

असार ३, २०७५

नेपाली सिने जगतमा सम्भावनायुक्त नायिका तथा मोडल कशिस दाहालको व्यस्तता बढ्दै गएको छ । विभिन्न चलचित्र, म्युजिक भिडियो एवं देश–विदेशका कार्यक्रमहरूमा व्यस्त कशिसको प्रशंसा नगर्नेहरू कमै छन् ।

अभिनय तथा नृत्यमा पोख्त कशिस सुन्दर मुहार र आकर्षक शरीरकी धनी छिन् । मोडलिङ हुँदैचलचित्रमा प्रवेश गरेकी दाहालले करिब आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् भने दर्जनौं म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरेर लाखौं दर्शकको मनमा छाप छोडेकी छिन् ।

आफूले अभिनय गरेको चलचित्र द प्रिन्स सार्वजनिक हुने क्रममा रहेको अभिनेत्री कशिस बताउँछिन् । इटहरीकी स्थायी बासिन्दा कशिस हँसिली तथा फरासिलो स्वभावकी छिन् ।  

 

प्रकाशित :असार ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्