कुरुप हाँस

- साप्ताहिक संवाददाता

असार ३, २०७५

नाटक कुरुप हाँस (द अग्ली डकलिङ) पोखरामा मञ्चन हुने भएको छ । कलाकार नाजिर हुसेनद्वारा परिकल्पना एवं निर्देशन गरिएको यो नाटक असार १ गते शुक्रबारदेखि असार ३ गते आइतबारसम्म गन्धर्व नाटकघरमा मञ्चन हुनेछ ।

दिउँसो १ बजे तथा साँझ साढे ५ बजे गरी दैनिक दुई सो मञ्चन गरिने यो नाटक डेनिश कवि एवं लेखक ह्यान्स क्रिस्टिएन एन्डरसनले लेखेको लोक कथामा आधारित छ । १ घण्टा ५ मिनेट लामो नाटक कुरुप हाँसमा नाजिर हुसेन, विजया कार्की, किरण श्रेष्ठ, मिलन कार्की, विनिता गुरुङ, विक्रम श्रेष्ठ आदि कलाकारले अभिनय गर्नेछन् ।

 

प्रकाशित :असार ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्