चर्चा इन र आउटको

- साप्ताहिक संवाददाता

असार २, २०७५

चलचित्र क्षेत्रमा यो साता दुई ठूला इन र आउटका प्रसंग बाहिर आए । पहिलो प्रसंग हो चलचित्र छक्का पञ्जा–३ को । सूर्य विनायकको रमणीय वातावरणमा सम्पन्न शुभ मुर्हूतमा सहभागी भएका चलचित्रका अभिनेता पुष्प खड्काले छायांकनकै क्रममा उक्त चलचित्रबाट हात झिके । छायांकनमा जानुभन्दा केही दिनअघि मात्र उक्त चलचित्रमा अनुबन्धित पुष्पले अन्तिममा आएर अभिनय नगर्नुलाई धेरै अर्थपूर्ण रूपमा हेरेका छन् । 

आफूले अभिनय गर्नुपर्ने भागको स्क्रिप्ट प्राप्त नभएको, आफ्नो भूमिकाका बारेमा समेत स्पष्ट जानकारी नगराइएको तथा पूर्व निर्धारितभन्दा निकै कम दृश्य छुट्याइएकाले आफूले उक्त चलचित्रबाट हात झिकेको पुष्पको तर्क छ । निर्माता दीपकराज गिरी पनि पुष्प चलचित्रबाट अलग भएको कुरा स्विकार गर्छन् । ‘उहाँलाई अतिथि कलाकारको भूमिकाका लिएका थियौं, पारिश्रमिक पनि बुझिसक्नु भएको थियो, गिरी भन्छन्– पुष्पलाई उनको भूमिकाका बारेमा जानकारी पनि गराइएको थियो, यद्यपि अतिथि कलाकारलाई स्क्रिप्ट नदिने नियम भएकाले उपलब्ध नगराइएको हो । 

पुष्प आउट भएपछि उनको स्थानमा अभिनेता संजोग कोइराला इन भैसकेका छन् । यता चलचित्र प्रेमालयबाट अभिनेता निराजन प्रधानले पनि हात झिकेका छन् । ८ महिनाभन्दा बढी समय भैसक्दा समेत चलचित्रको छायांकन प्रारम्भ नभएपछि निराजन उक्त चलचित्रबाट अलग भएका हुन् । 

 

प्रकाशित :असार २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्