Teej banner

सलमान खानको रेस–३

- साप्ताहिक संवाददाता

असार १, २०७५

निर्देशक : रेमो डिसुजा कलाकार : सलमान खान, ज्याकलिन फर्नान्डिज, बबी देओल, डेजी शाह, अनिल कपुर, साकिब सलिम, फ्रेडी दारुवाला आदि ।

संगीत : मीत ब्रदर्स, विशाल मिश्रा तथा विक्की हार्दिक

आज शुक्रबार नेपाली सिनेघरमा बलिउडको प्रतीक्षित चलचित्र रेस–३ प्रदर्शनमा आएको छ । यो चलचित्र प्रदर्शन हुने पक्का भएसँगै नेपाली निर्माताले आज प्रदर्शन गर्न लागिएका चलचित्रलाई पहिले नै पछि सारेको बताइन्छ । 

टिप्स म्युजिक तथा सलमान खान फिल्म्सको ब्यानरमा निर्मित चलचित्र रेस–३ लाई धमाकेदार बनाउन रमेश एस तौरानी, कुमार एस. तौरानी अनि सलमान खानले आँखा चिम्लिएर लगानी गरेको भारतीय मिडियाहरूले जनाएका छन् । रेस सिरिज पाँच वर्षको अन्तरालमा आइरहेको चलचित्र हो । 

रेसको पहिलो सिरिज २००८ मा प्रदर्शनमा आएको थियो, त्यसपछि उक्त चलचित्रको दोस्रो संस्करण–२०१३ मा प्रदर्शनमा आयो । रेसको तेस्रो श्रृंखलामा बलिउडका दवंगस्टार सलमान खान जोडिए । सलमानको इन्ट्रीसँगै यो चलचित्र बढी प्रतीक्षित भएको हो ।

 धोका, षड्यन्त्र, छलकपट जस्ता विषयमा केन्द्रित आधारित रेस–३ भारतका मुम्बई र कस्मिरका अतिरिक्त बैंकक, दुबई आदि ठाउँमा खिचिएको हो । 

प्रकाशित :असार १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्