आउँदैछ सिंहदरबार–२

- साप्ताहिक संवाददाता

असार १, २०७५

टेलिश्रृंखला सिंहदरबारको दोस्रो सिजन प्रारम्भ हुने भएको छ । सर्च फर कमन ग्राउन्ड नेपालले निर्माण गरेको यो श्रृंखलाको दोस्रो सिजनलाई नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । श्रृंखलामा अभिनेत्री गौरी मल्लले नै पुन: प्रधानमन्त्री आशा सिंहको भूमिका निर्वाह गर्दैछिन् । आफ्नो भूमिकाका सम्बन्धमा अभिनेत्री मल्लले भनेकी छिन्– ‘सिंहदरबारको दोस्रो श्रृंखलाको अंश बन्न पाउँदा म निकै उत्साहित छु ।

 निकै राम्रोसंग अध्ययन–अनुसन्धान गरी तयार पारिएको यो श्रृंखलाको स्क्रिप्टले नागरिक एवं नेतृत्वकर्ताहरूका लागि सुशासनको रोडम्यापका रूपमा कार्य गर्नेछ । १३ भागको श्रृंखला सिंहदरवारले वर्तमान समयको राजनीतिलाई प्रतिविम्बित गर्छ र देशलाई सकारात्मक बाटोतर्फ अग्रसर गराउन अघि सरेकी देशकी पहिलो महिला प्रधानमन्त्रीले सामना गर्नुपरेका चुनौतिहरूलाई केलाउने प्रयत्न गर्नेछ । 

असारको अन्तिम सातादेखि प्रसारणमा आउने यो श्रृंखलामा गौरीका अतिरिक्त रमेश रञ्जन झा, प्रमोद अग्रहरि, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट आदिले समेत अभिनय गरिरहेका छन् । 

प्रकाशित :असार १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्