मेरो नेपाल सार्वजनिक

- साप्ताहिक संवाददाता

जेष्ठ ३१, २०७५

गीतकार विजय शिवाकोटीद्वारा रचना गरिएको राष्ट्रिय भावना बोकेको गीत ‘मेरो नेपाल...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा वरिष्ठ गायक दीपक खरेलको स्वर समावेश छ । वरिष्ठ संगीतकार दीपक जंगमले उक्त गीतलाई संगीतबद्ध गरेका हुन् ।

यूट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई राजेश श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोमा गीतका तीनै जना स्रष्टालाई चित्रण गरिएको छ । ह्यारी महर्जन उक्त भिडियोका छायांकार हुन् ।

गीतमार्फत गीतकार शिवाकोटीले देशभक्तिका कुरा गरेका छन् । देशका लागि नागरिकमा देशप्रतिको समर्पण भाव जगाउने प्रयास यो गीतमार्फत गरिएको छ । भिडियोमा भने नेपालका कला, संस्कृति, संस्कार, परम्परा तथा भूगोललाई चित्रण गरिएको छ ।

मेरो नेपालको म्यूजिक भिडियो :

प्रकाशित :जेष्ठ ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्