मेरी मामुमा कुसुम लिड हिरोईनमा

- साप्ताहिक संवाददाता

जेष्ठ २९, २०७५

आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको चौथो चलचित्र ‘मेरी मामु’ को मुख्य भुमिकामा कुसुम गुरुङ अनुवन्ध भएकी छिन् । 

लण्डन निवासी कुसुमले पहिलोपटक आसुसेन ब्यानरबाट डेब्यू गर्न लागेकी हुन । उक्त चलचित्रकैलागि कुसुमले काठमाण्डौंको ‘ज्ञ’ थिएटरबाट अभिनयको तीन महिने प्रशिक्षण लिइसकेकी छिन् । सुनिल पोखरेल निर्देशित हरियो ढुंगा नामक नाटकमा समेत अभिनय गरेकी गुरुङले अब नेपाली चलचित्रमा निरन्तर काम गर्ने सोचाई राखेर नेपाल आएको बताउँछिन् । परिवारसंगै लण्डनमा बस्दै आएकी उनले लेखा तथा वित्तिय विषयमा स्नातक गरेकी छिन् । बाल मनोविज्ञानमा बन्ने चलचित्र मेरी मामुमा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन पनि मुख्य भुमिकामा छन् भने अर्का ६ वर्षिय क्रिजन गौतम विशेष भुमिकामा रहने पक्का भएको छ । 

 

प्रकाशित :जेष्ठ २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्