जसीताको दोस्रो

- साप्ताहिक संवाददाता

जेष्ठ २८, २०७५

अन्तत: अभिनेत्री जसीता गुरुङले चलचित्रको अभिनयलाई निरन्तरता दिने सम्भावना बढेको छ । अभिनेता प्रदीप खड्काले निर्माता गोविन्द शाहीसँग मिलेर निर्माण गर्न लागेको चलचित्र ‘लभ स्टेसन’ जसीताको दोस्रो चलचित्र बन्न लागेको हो ।

चलचित्र लिलिबिलीले ५१ औं दिन पूरा गरेको अवसर पारेर आयोजित समारोहमा शाही र खड्काले नयाँ चलचित्र निर्माण गर्ने जानकारी गराएका थिए । यद्यपि उक्त समारोहमा हाल बेलायतमा रहेकी जसीता भने अनुपस्थित थिइन् । साप्ताहिकसँग अनलाइन कुराकानी गर्दै जसीताले चलचित्रको कथा रमाइलो भएकाले लभ स्टेसनमा अभिनय गर्ने सम्भावना रहेको बताइन् । लिलिबिलीमा अभिनेता खड्कासँगको आफ्नो जोडीले चौतर्फी प्रशंसा पाएको भन्दै जसीताले त्यही कारण खड्कासँगै दोस्रो चलचित्रमा काम गर्न लागेको स्पष्ट पारिन् । चलचित्रवृत्तमा जसीता र प्रदीपको अफेयरकै चर्चा चलिरहेको छ । यद्यपि दुवैले उक्त हल्लाको खण्डन गर्दै आएका छन् । 

 

प्रकाशित :जेष्ठ २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्