प्रियंका जब फूलमा हराइन्

- साप्ताहिक संवाददाता

जेष्ठ २८, २०७५

गायिका माण्डवी त्रिपाठीले फरक शैलीको गीत लिएर दर्शक र श्रोतामाझ आएकी छन् । त्रिपाठीले गाएको  ‘जब फूलमा’ बोलको क्लासिकल गीत हालै सार्वजनिक गरिएको छ । यो गीतको शब्द र संगीत विपिन आचार्यको रहेको छ । 

नयाँ शैलीको यो गीत श्रोतालाई नौलो लाग्ने माण्डवीले बताईन् ।  गीतको म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र अनन्त लामिछानेले अभिनय गरेका छन् ।  शिवराम श्रेष्ठको छायांकन रहेको यो गीतको म्यूजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका छन् । 

म्यूजिक भिडियो हेर्नुहोस्ः

 

प्रकाशित :जेष्ठ २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्