विश्वकप कसले जित्छ जस्तो लाग्छ ? किन ?

- साप्ताहिक संवाददाता

जेष्ठ २७, २०७५

अर्जेन्टिनाले जित्छ, पक्का । 

द लोजर

पोर्चुगलले जित्छ । जसरी युरोकप जितेको थियो, त्यसरी नै वल्र्डकप उचाल्छ । 

रितिक रोशन शाही

जित्ने भनेकै, पोर्चुगलले हो किनभने पछिल्लो पटक युरोकप जितेको हौसला छ ।

कैलास भट्टराई

ब्राजिल, उसका सबै खेलाडी युवा र मेहनति छन् ।

कृष्ण कोइराला, ओमराज जोशी

था’छैन तर पोर्चुगलले जिते राम्रो ।

कमरेड रेडस्टार

ब्राजिल ।

केदार श्रेष्ठ, रमेश क्षेत्री, सुसन लामा वाइवा

वल्र्डकप जित्ने त अर्जेन्टिनाले हो । अरू त रसियाको भात खान जाने मात्र हुन् । 

बिसाल सुबेदी

युवाहरूको जमघटले गर्दा इंग्ल्यान्डले जित्छ । 

प्रेम घिमिरे

अहिलेको दाबेदार भनेको ब्राजिल हो किनभने टिम धेरै राम्रो छ । ब्राजिलका जति पनि डाई हार्ट फ्यान हुनुहुन्छ, उहाँहरूको चाहना यसपटक पूरा हुँदैछ । 

क्षेत्री जेठा

जति बुढो भए पनि बाघ भनेको बाघ नै हो, त्यसैले यसपालिको वल्र्डकप ब्राजिलले नै जित्नेछ ।

मनीष श्रेष्ठ

जसले जेसुकै भने पनि बेल्जियमले यस पटकको विश्वकप ट्रफी उचाल्नेछ ।

सागर

मेरो विचारमा ब्राजिलले नै २०१८ को विश्व कप जित्छ । किनभने ब्राजिलमा राम्रा खेलाडीहरू छन् । 

डल्ली कान्छी

नेपालले जित्छ हौ । मौका पो पा’को छैन ।

मनोज तुम्बापो लिम्बू

अर्जेन्टिना, किनभने त्यहाँ अट्याकिङ फरवार्डहरू छन् ।

सन्तोष

विश्वकपको फाइनल सकिए लगत्तै सम्पर्क गर्नुस् ठ्याक्कै मिलाएर भन्दिन्छु ।

प्रवेश थापा

ब्राजिल, जसले जेसुकै भनोस् नेयमार, कैटिनो, मार्केल आदिले यसपालिको विश्वकप लान्छन् । 

रुपराम घिसिङ तामाङ

जसको खेल राम्रो हुन्छ उसैले नि । कि गुगल केटोसँग पो सोध्ने हो कि ?

सुनिल दोङ

जसले राम्रो खेल्छ उसैले तर मेरो समर्थन चैं स्पेनलाई ।

गणेश राउत

पोर्चुगलले जित्छ । किनभने विश्वका महान फुटबलर रोनाल्डो त्यही छन् । 

विजय

अर्जेन्टिना, स्पेन तथा जर्मनीमध्ये एकले जित्छ । 

तीर्थ दंगाल

नेपालले, किनभने म ज्योतिषी सिक्दै छु । सक्किगो नि । 

गणेश खनाल

फ्रान्सले जित्छ, सन्तुलित र उत्कृष्ट खेलाडी छन् । 

तोरन कर्माचार्य

भुटानले जित्छ, किन नसोध्नुहोस् । 

आरके पन्धाक

जर्मनीले । 

मानबहादुर

पेरु । 

लक्ष्मण लामा 

मेसिको सपना पूरा हुन्छ यसपालि ।

डम्बर खड्का

प्रकाशित :जेष्ठ २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्