बितेका कुरा

- साप्ताहिक संवाददाता

जेष्ठ २६, २०७५

 

पोखराको गन्धर्व नाटकघरमा नाटक ‘बितेका कुरा’ १७ दिन लगातार मञ्चन भएको छ । रुपनारायण सिंहले लेखेको यो नाटक परिवर्तन कार्कीको निर्देशनमा मञ्चन गरिएको हो ।

नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिव देखि दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सूर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना तथा सिमरन पौडेलले अभिनय गरेका थिए ।

एक घण्टा लामो उक्त नाटकमा समाजमा घट्ने घटनालाई यथार्थपरक ढंगमा चित्रण गरिएको छ । 

 

प्रकाशित :जेष्ठ २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्