पोखरामा स्वप्न सुमन
जेष्ठ २६, २०७५
युट्युब मार्फत उदाएका सुमन थापा अर्थात् स्वप्न सुमनको प्रस्तुति भोलि जेठ २६ गते शनिबार पोखरामा हुँदैछ । पोखरा सभागृहमा हुने उक्त कार्यक्रममा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको गायन तथा नृत्यसमेत हेर्न तथा सुन्न पाइनेछ ।
समय : दिउँसो २ बजे
प्रवेश शुल्क : ३ सय तथा ५ सय रुपैयाँ
टर्टल लाउन्जमा नितेशजंग
युट्युबमा नयाँ गीतहरू सुन्ने बानी परेको छ भने पक्कै तपाईंका लागि गायक नितेशजंग कुँवरको नाम नयाँ होइन । चर्चामा रहेका गायक कुँवर भोलि ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा प्रस्तुत हुनेछन् । फुर्सदको समय रमाइलो सांगीतिक वातावरणमा बिताउन चाहनुहुन्छ भने यो कार्यक्रममा सहभागि हुन सक्नुहुन्छ ।
समय : ७ बजे
प्रवेश शुल्क : १ हजार रुपैयाँ
प्रकाशित :जेष्ठ २६, २०७५


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्