Teej banner

जताततै फ्यानै फ्यान

- साप्ताहिक संवाददाता

जेष्ठ २६, २०७५

 

जेठ ३१ गते प्रारम्भ हुने फिफा विश्वकप–२०१८ को चासो सर्वत्र छ । महान् फुटबलर पेले यो महाकुम्भमा सामेल हुने कुराले थप चर्चामा पाएको छ । फिफा विश्वकपको यो २१ औं संस्करण हो । रुसमा हुन लागेको विश्वकपका सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । 

मोजाको बल खेल्दादेखि कै फ्यान हुँ म ब्राजिलको । विश्वकप नबुझ्दादेखि कै फ्यान हुँ म ब्राजिलको । ब्राजिलको सपोर्ट गर्नुको सान नै छुट्टै ।

सलमान शाह

कोही भन्छन्– जिन्दगी खहरेको पानी, कोही भन्छन्– जिन्दगी जलेको खरानी । मेरा लागि जिन्दगी गेम हेरेर बित्ने भो । अस्ति च्याम्पियन लिगको फाइनल हिजो आईपीएलको फाइनल फेरि विश्वकप आयो ओहो ! क्या जिन्दगी छ, तै पनि उनी भैदिएको भए अझ रोमाञ्चक हुने थियो ।

हिमालयन लेजेन्डरी

मलाई त जर्सीभन्दा नि ठाउँ मन पर्‍यो । फ्याट्ट भन त कुन ठाउँ हो ? विश्वकप त मेसीले जितिसक्योभन्दा नि हुन्छ ।

महाराजाधिराज

नराम्रोसँग हारेको थाहा छैन जर्मनीसित ब्राजिलले । जर्मनीको हो यसपालिको विश्वकप ।

जीडी आफन्त

विश्वकप आउन लागेसि जताततै फ्यानै फ्यान, तै पनि यति धेरै गर्मी किन ?

निर्जला पोखरेल

विश्वकपमा मेस्सीले गोल ठोकिरहन्छ, अर्जेन्टिनाले विश्वकप जितिरहन्छ ।

विश्वराज 

तेरियाजी तपाईंले डीआइडी त जित्नुभयो तर, विश्वकप त जित्नुभएन नि, कहिले जित्नुहुन्छ, १० वर्ष, २० वर्ष कहिले ?

प्रकाश गुरागार्इं

गोल हान्ने मेसी नै हो, विश्वकप जित्ने अर्जेन्टिना नै हो ।

सेल्कर तामाङ

धमलाको प्रश्न तेरियालाई :

१९६२ का पेलेलाई हेरेर ब्राजिल अनि १९८६ का म्याराडोनालाई हेरेर अर्जेन्टिना मन पराउनु एउटा कुरा हो । अहिले खेलेर विश्वकप जित्नु अर्को कुरा हो ।

सिकारु दाइ

विस्तारै विश्वकप फुटबल खेल फाइनलसम्म पुग्नेछ अनि सबैंका डीपीमा भएका टिमका संकेतहरू बिस्तारै हराउँदै जानेछन् ।

कान्छी

सके गिफ्ट, नसके उधारो भए पनि चल्छ, कोही हुनुहुन्छ टिभी दिने । विश्वकप आयो नि हजुर ।

किश्मा किशोर

यसपालिको विश्वकप जित्ने भनेको भुटानले हो । अरू त सब रसिया घुम्न जाने मात्र हुन् ।

गोलो गोलो रक्स

यसपालिको विश्वकप फुटबल कसले जित्ला भनेर अर्जेन्टिना, ब्राजिल, जर्मनी र स्पेनको नाम लेखेर छान्न लगाउँदा उसले जर्मनीको नाम छान्यो ।

रवीन्द्र

अघिल्लो वल्र्ड कपमा हामीसँगै हारेका डाम्नाहरू यसपालि पनि विश्वकप खेलिरा’छन् । खेल–खेल तिमीहरू कै रै’च दिन ।

मगर लिल

विश्वकप–२०१८ लाग्यो । जर्मनीका समर्थकहरूलाई यो कुम्भ मेलाभर ‘लाइक’ मात्र होइन सिधै ‘लभ’ रियाक्ट गरिनेछ । 

प्रशान्त लामिछाने

प्रकाशित :जेष्ठ २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्