Teej banner

सपनाको सपना

- साप्ताहिक संवाददाता

जेष्ठ २५, २०७५

मोडलिङमार्फत रजतपटमा आउन संघर्ष गरिरहेकी कलाकार हुन्— सपना सिंह ठकुरी । झन्डै एक दशकदेखि रंगिन संसारमा सक्रिय सपनाले यो अवधिमा दर्जनौं म्युजिक भिडियो तथा केही चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

 

नृत्यमा आधारित रियालिटी शो छमछमीमार्फत मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी सपना नेपालगञ्जकी स्थायी बासिन्दा हुन् । काठमाडौंको एमआर थिएटरबाट भरत नाट्यम, मोर्डन डान्स तथा अभिनयको प्रशिक्षण लिएकी सपना यतिबेला अभिनय तथा नृत्यमा दक्ष भैसकेकी छिन् । 

दुई दर्जनभन्दा बढी नाटकमा समेत अभिनय गरिसकेकी सपनाले भविष्यमा सफल अभिनेत्री बन्ने सपना सजाएकी छिन् । आकर्षक व्यक्तित्व तथा सुन्दर मुहारकी धनी सपना फुर्सदमा आफ्नै सुन्दरताप्रति ध्यान दिन्छिन् । 

प्रकाशित :जेष्ठ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्