Teej banner

अब हाइड्रोजन ट्रेन

- साप्ताहिक संवाददाता

जेष्ठ २५, २०७५

फ्रान्सको बहुराष्ट्रिय कम्पनी आल्स्ट्रोनले हाइड्रोजनबाट चल्ने रेलको विकास गरेको छ । उक्त रेल बिना आवाज चल्छ । कोराडिया आइलिन्ट नामक उक्त हाइड्रोजन ट्रेनलाई रेल नेटवर्कमा एउटा क्रान्ति नै मानिएको छ । कम्पनीले यसको पहिलो मोडल परीक्षण गर्नुका साथै तस्बिरसमेत सार्वजनिक गरेको छ । 

रेलको इन्धन ट्यांकीलाई १५ मिनेटमै भर्न सकिन्छ र एकपटक इन्धन भरेपछि १ हजार किलोमिटर यात्रा गर्न सकिन्छ । हाल यसको परीक्षण चलिरहेको छ । पूर्ण रूपमा सञ्चालनमा आए यो रेल १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्न सक्छ ।

प्रकाशित :जेष्ठ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्