मट्टी माला

- साप्ताहिक संवाददाता

जेष्ठ २५, २०७५

निर्देशक : टेके पौरखी राई कलाकार : प्रियंका कार्की, बुद्धि तामाङ, रजनी गुरुङ, पृथ्वी राई आदि । संगीत : सुमन राई

पौरखी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र मट्टी माला आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउनेछ । निर्माण भएर पनि खासै प्रचार–प्रसार नगरिएको यो चलचित्रमा बुद्धि तामाङको आकर्षक अभिनय हेर्न पाइन्छ । निर्देशक राईले नै चलचित्रको कथा लेखेका हुन् । 

यो चलचित्र माटोभित्र पाइने बहुमुल्य धातु मट्टी मालाको विषयमा केन्द्रित रहेर निर्माण गरिएको हो, जसमा प्रेम, एक्सन, कमेडी तथा रोमान्सलाई प्रस्तुत गरिएको छ । चलचित्रका निर्देशक राईका अनुसार गाउँमा साहूको ऋण तिर्न नसकेपछि सहर पसेका युवाको कथा र संघर्षलाई मट्टी मालासँग जोडेर प्रस्तुत गरिएको छ । 

चलचित्रमा अभिनेत्री प्रियंका कार्की अतिथि भुमिकामा रहेको बताइन्छ । यद्यपि उनको के कति समयको– कस्तो प्रकारको भूमिका छ भन्ने कुरा खुलाइएको छैन । पहिले नै सार्वजनिक भएको मट्टी मालाको गीत तिमीबाहेकलाई युट्युबमा निकै मन पराइएको छ ।

प्रकाशित :जेष्ठ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्