क्यानोनिङ महोत्सव

- विष्णु तारुके

जेष्ठ २५, २०७५

आज शुक्रबार धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–६ स्थित रानी झरनामा साहसिक पर्यटकीय खेल क्यानोनिङ महोत्सव प्रारम्भ हुँदैछ । शुक्रबार र शनिबार दुई दिन चल्ने यो महोत्सवको चौथो संस्करण हो । 

धादिङको थाक्रे गाउँपालिकास्थित तीनवटा झरनाले साहसिक खेलप्रेमीहरूलाई मात्र नभएर एकान्त र शान्त वातावरणमा रमाउनेहरूलाई पनि आकर्षित गर्छ । काठमाडौंबाट एक घण्टामा पुग्न सकिने रानी झरनामा क्यानोनिङ गर्न प्रतिव्यक्ति यातायातसहित ५ हजार ५ सय खर्च लाग्नेछ । रानी झरना काठमाडौंबाट ४० किलोमिटरको दूरीमा छ । 

 

प्रकाशित :जेष्ठ २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्