हात भाँच्ने गायक

- साप्ताहिक संवाददाता

जेष्ठ २४, २०७५

गायकबाट अभिनेता समेत भैसकेका सत्यराज आचार्यले आफ्नो अभिनय गर्ने चाहनाका बारेमा एउटा रमाइलो खुलासा गरेका छन् । युट्युब च्यानल कलाकर्मी टिभीलाई अन्तर्वार्ता दिँदै सत्यराजले बाल्यकालमा पाटनको अशोक सिनेमा हलमा हिन्दी चलचित्र हेरेपछि घरमा गएर गायक भाइ स्वरुपराज आचार्यसँग फिल्मी स्टाइलमै फाइट खेल्ने गरेको स्मरण गरेका छन् । 

त्यस क्रममा मलाई प्राय: भिलेन बन्न मन लाग्थ्यो, सत्यराजको भनाइ छ– फिल्ममा हिरोले जिते पनि म भने भिलेनकै रूपमा फाइटमा जित्न चाहन्थें । त्यसक्रममा मैले हिरो बनेका भाइ स्वरुपराजको हातै भाँचिदिएछु । 

सत्यराजका अनुसार स्वरूपले उनको केश समातेर तान्न थालेपछि रिसको झोकमा उनको हात ठनक्कै भाँचिदिएका रहेछन् । ‘त्यो बाल्यकालको अक्षम्य भूल थियो, सत्यराजले आज पनि उक्त घटनाले आफूलाई पछुतो हुने बताएका छन् । 

 

प्रकाशित :जेष्ठ २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्