ट्रेलरमा यो पागल मन

- साप्ताहिक संवाददाता

जेष्ठ २४, २०७५

 

आउँदो असार २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘यो पागल मन’को ट्रेलर सार्वजनिक भएको छ । कल्याण अधिकारीले निर्देशन गरेको यो चलचित्रमा बिरेन्द्र कुमार यादब र कल्याणले सयुक्त रुपमा लगानी गरेका छन् । 

लब स्टोरी जनराको ‘यो पागल मन’मा बिनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

अर्जुन पोखरेलको संगीत रहेको या चलचित्र शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमको सम्पादन रहेको चलचित्रमा भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।

यो पागल मनको ट्रेलर :

प्रकाशित :जेष्ठ २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्