Teej banner

मंगल ग्रहमा खाल्डो खनियो

- साप्ताहिक संवाददाता

जेष्ठ २४, २०७५

मंगल ग्रहमा अध्ययनरत यान क्युरियोसिटीले पहिलो पटक २ इन्च गहिरो खाल्डो खनेको छ । सन् २०१६ पश्चात काममा नआएको क्युरियोसिटीले हालसालै आफ्नो पहिलो काम गरेको हो । अब यसले पठाएको स्याम्पलका आधारमा वैज्ञानिकहरूले मंगल ग्रहका बारेमा आवश्यक अध्ययन गर्नेछन् । 

उक्त यान सन् २०११ को नोभेम्बर २६ मा अमेरिकाको केप क्यानभेरलबाट प्रक्षेपण गरिएको थियो । सन् २०१२ को अगस्ट ६ मा क्युरियोसिटी यान मंगल ग्रहको सतहमा उत्रिएको थियो । मंगल ग्रहमा २ वर्ष सम्मको अध्ययनका लागि उक्त यान पठाइएको भए पनि हालसम्म त्यसले २ हजारभन्दा बढी दिन काम गरिसकेको छ ।  

प्रकाशित :जेष्ठ २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्