बाटो गल्लीको देवतामा रामकृष्ण ढकाल

- साप्ताहिक संवाददाता

जेष्ठ २४, २०७५

गायक रामकृष्ण ढकाल एउटा बिल्कुलै फरक शैलीको गीत लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । ‘बाटो गल्लीको देवता...’ शीर्षकको गीको म्युजिक भिडियोमार्फत उनी प्रस्तुत भएका हुन् ।

‘बाटो गल्लीको देवता म, छैन मेरो सुनको गजुर...’ शीर्षकको गीतमा वास्तविक देवताको कथालाई प्रस्ट्याउने प्रयास गरिएको छ । गीतकार मनिष वशिष्ठको रचना तथा सुशान्त गौतमको संगीत रहेको गीतमा देश–देशावरमा बहकिएका तीर्थालुलाई प्रतीकात्मक व्यंग्य प्रहार गरिएको छ ।

नजिकको तीर्थ हेला हुन्छ भन्ने उखानलाई प्रमाणित गर्दै गायक ढकालले नाम चलेका मन्दिरमा तीर्थव्रतका लागि देश–विदेश जाने तर आफ्नै वरपर रहेका मन्दिर र मूर्तिहरुलाई हेला गर्ने प्रवृत्तिबारे यो गीत तयार पारिएको धारणा व्यक्त गरेका छन् । प्रस्तुत गीतमार्फत आफ्नो स्वरमा केही फरक स्वाद दर्शक–श्रोतालाई दिने प्रयास गरेको गायक ढकालको भनाइ छ ।

उक्त गीतको भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भण्डारीसहितका कलाकारहरुले अभिनय गरेका छन् । निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा उत्तम हुमागाईँको छायांकन तथा विकास धमलाको सम्पादन छ ।

बाटो गल्लीको देवताको म्यूजिक भिडियो :

 

प्रकाशित :जेष्ठ २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्