विपिनको ‘प्रसाद’मा निश्चल

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७५

 

निर्देशक निश्चल बस्नेत चलचित्र ‘प्रसाद’मा फेरि अभिनेताका रुपमा देखा पर्दै छन् । अघिल्लो वर्ष चलचित्र दुई रुपैयाँबाट आफूलाई अब्बल साबित गरेका निश्चल दिनेश राउतको निर्देशनको चलचित्र ‘प्रसाद’बाट पुन: अभिनेताका रुपमा देखिने भएका हुन् । 

नि–सन्तान दम्पतीको उतारचढावयुक्त जीवनमा आधारित यो चलचित्रमा यसअघि विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन । चुनौतीपूर्ण र पृथक भूमिकाका लागि निश्चललाई लिइएको ‘प्रसाद’ निर्माण पक्षले जनाएको छ ।

असार १ देखि छायांकनमा जाने भनिएको ‘प्रसाद’को पटकथा, संवाद सुशील पौडेलले लेखेका हुन् । निश्चलको आबद्धतालाई लिएर अभिनेता विपिन कार्कीले पनि खुसी व्यक्त गरे । भने, ‘पात्रको चरित्र र लुक्सका हिसाबले निश्चलबाहेक अर्को कोही हुनै सक्दैन भन्ने लाग्छ । विपिनले यसअघि निश्चलकै निर्देशनमा फिल्म ‘लुट’ र ‘लुट २’ मा अभिनय गरिसकेका छन् ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा विकास सुवेदी एसोसिएट डाइरेक्टर रहेको ‘प्रसाद’ मा राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवास भुसाल र कोशिश क्षेत्रीको रहनेछ ।

प्रकाशित :जेष्ठ २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्