वीराङ्गनाको पोष्टर सार्वजनिक

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७५

 

असार २९ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘वीराङ्गना’का पोष्टर रिलिज भएका छन् । चलचित्रका सार्वजनिक पोस्टरमा  चलचित्रका मुख्य पात्र अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाादरसागै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ । 

एक्शन जनराको नारी प्रदान यो चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले सयुक्त श्रपमा लगानी गरेका छन् । 

चलचित्रमा शिल्पा, अनुप र पृथ्वीराजका साथमा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धुब्र कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । 

 

 

प्रकाशित :जेष्ठ २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्