Teej banner

रोल्पामा ३ दिने साहित्य महोत्सव सम्पन्न

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७५

रोल्पाको लिबाङमा ३ दिने बृहत साहित्य सम्मेलन सम्पन्न भएको छ । जेठ २० गते सुरु भएको उक्त साहित्य सम्मेलनमा देशभरबाट करिव १ सय ५० साहित्यकार लिबाङ पुगेका थिए । ‘पर्यटन विकासका लागि साहित्य’ भन्ने नाराका साथ लिबाङ नगरपालिकाले आयोजना गरेको साहित्य सम्मेलनलाई उर्जा, जलस्रोत तथा सिचााई मन्त्री वर्षामान पुन अनन्तले उद्घाटन गरेका थिए । 

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले साहित्यले देशको भविश्य देखाउँन सक्छ देखाउने बताउँदै साहित्यकारले देखाएको बाटोमा हिँड्न सकिने समेत उल्लेख गरे । राजनीतिज्ञभन्दा एक कदम अगाडि बढेर साहित्यकारले सोच्ने भएकाले साहित्य देशको विकास र समृद्धिका लागि माध्यम हुने उनको भनाइ थियो । 

सम्मेलनमा राष्ट्रिय कविता प्रतियोगीता, गजल महफिल, सात प्रदेशका सात कविका सात कविता, युद्ध साहित्य बहस र राष्ट र राष्टका सिर्जना लगायतका स्तम्भ सञ्चालन भएका थिए । सम्मेलनको दोस्रो दिन सम्पन्न राष्ट्रिय कविता प्रतियोगीतामा लमजुङ्का  प्रज्वल अधिकारी प्रथम, अछामका लक्ष्मण संगम द्धितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकीले तृतीय स्थान हासिल गर्न सफल भए । प्रतियोगीतामा सोलुखुम्बुका गणेशप्रसाद खतिवडा र काठमाडौंका अमि प्रिन्सले सान्तवना स्थान हासिल गरे । देशभरका १ सय ५० कविबाट छनौट भएका १५ कविले अन्तिम प्रतिस्पर्धामा भाग लिएका थिए । 

गजल महफिल 

बृहत साहित्य सम्मेलन २०७५ को दोस्रो दिन लिबाङ बजार निकै गजलमय भएको थियो । ‘गजल महफिल’ गजलकारहरु वावु त्रिपाठी, कपिल ‘अन्जान’, हुकुम ‘धडकन’, महेन्द्र चन्द ‘महासागर’, विपिन ‘सलामी’ र संगिता थापाले गजल प्रस्तुत गरेका थिए ।  

एकान्तको कमरेड रोल्पा

सोहि सम्मेलनमा रोल्पाली कवि तथा साहित्यकार राज ‘एकान्त’को कविता सङ्ग्रह ‘कमरेड रोल्पा’ सार्वजनिक गरिएको थियो । पूर्व सभामुख ओनसरी घर्तीमगर र नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन अनन्तले संयुक्त रुपमा उक्त कृति विमोचन गरेका हुन् । ‘कमरेड रोल्पा’मा देशभक्तिपुर्ण कविताहरु समेटिएका छन् । समाजको रक्षा गर्ने कसम खाएर घर फर्किएको एक सिपाही र समाजनै वदल्ने सपना वाकेर घर छोडेको अर्को विद्रोही वीचको संम्बेदनाहरु उनको कविता संग्रहमा समावेश गरिएको बताइएको छ । 

 

प्रकाशित :जेष्ठ २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्