बाबु कान्छाको टिजर सार्वजनिक

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७५

सलोन बस्नेत अभिनित चलचित्र बाबु कान्छाको टिजर सार्वजनिक गरिएको छ  । १७ बर्ष अघि सलोनले पहिलो पटक अभिनय गरेको चलचित्र  नेपाली बाबुको झलक समेत राखेर सार्वजनिक गरिएको  टिजरमा सलोनलाई मात्रै प्रस्तुत गरिएको छ ।

असार २९ गते बाट प्रदर्शनमा आउने  बाबु कान्छामा सलोनसंगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला , करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल , गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गरेकी छिन् । 

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको  बाबु कान्छामा रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।  बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन , टंक बुढाथोकीको संगीत रहेको छ । 

प्रकाशित :जेष्ठ २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्